इराकमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परि ६० भन्दा बढीको ज्यान गयो

चार दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
आन्दोलनकारीले सुरक्षाकर्मीमाथि जथाभावी आक्रमण बढेको अधिकारीहरुले दावी गरेका छन् ।
प्रधानमन्त्री आदेल अब्देल महदीले वार्ताबाटै समस्याको समाधान गर्न चाहेको बताएपनि आन्दोलन जारी छ ।
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दम गरिबी बढेको भन्दै केही दिनदेखि सरकार बिरोधी प्रदर्शनहरु बढ्न थालेका हुन् ।
आन्दोलनकारीले सार्वजनिक सेवाको विरोधसमेत गरेका छन् ।
आन्दोलनका सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर मानवअधिकार हनन गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संस्थाहरुले आरोप लगाएका छन् ।
प्रहरीले रबरका गोली प्रहार गर्दा कयौं आन्दोलनकारी घाइते भएको बताइएको छ ।
उनीहरुले शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रसमेत गरेका छन् । ९एजेन्सी०
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस