उत्तरपूर्वी सिरियामा टर्कीको भिषण आक्रमण, ६० हजार भन्दा बढी नागरिकले घर छाडे
उत्तरपूर्वी सिरियामा टर्कीका फौजले गरेको भिषण आक्रमण बाट कैयौँ गाउँहरू कब्जा गरेको छ।
टर्कीले बिहीवार दिनभर हवाई हमला तथा गोलाबारी गर्दा ९ गैरसैनिक मारिएको बताइएको छ।
टर्कीपट्टिको नगरमा कुर्दहरूले हमला गरेका छन्। एक शिशु सहित कम्तीमा ३ जनाको ज्यान गएको छ।
मुख्य निशानामा सिमाना नजिकैको दुई नगर तल अब्याद तथा रस अल-ऐन रहेका छन्।
टर्कीको सेनाले ती दुवै नगरलाई घेराबन्दी गरेका छन्।
युद्धका कारण ६० हजारभन्दा धेरै मानिस त्यहाँबाट भागेका छन्।
सहायता संस्थाहरूका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्न सक्छ।
अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार मानिसले आफ्नो घर छाडेर भागिसकेका छन्।
युकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि उस्तै सङ्ख्या बताएको छ।
उद्धार समितिका मिस्टी बस्वेलले भनिन्, यदि हमला जारी भए तीन लाख मानिस विस्थापित हुन सक्छन्।
मर्सी कोरसहित अन्य १४ मानवीय सहायता संस्थाहरूले सो सङ्ख्या साढे चार लाख पुग्न सक्ने बताएका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस