उत्तरपूर्वी सिरियामा टर्कीको भिषण आक्रमण, ६० हजार भन्दा बढी नागरिकले घर छाडे

उत्तरपूर्वी सिरियामा टर्कीका फौजले गरेको भिषण आक्रमण बाट कैयौँ गाउँहरू कब्जा गरेको छ।
टर्कीले बिहीवार दिनभर हवाई हमला तथा गोलाबारी गर्दा ९ गैरसैनिक मारिएको बताइएको छ।
टर्कीपट्टिको नगरमा कुर्दहरूले हमला गरेका छन्। एक शिशु सहित कम्तीमा ३ जनाको ज्यान गएको छ।
मुख्य निशानामा सिमाना नजिकैको दुई नगर तल अब्याद तथा रस अल-ऐन रहेका छन्।
टर्कीको सेनाले ती दुवै नगरलाई घेराबन्दी गरेका छन्।
युद्धका कारण ६० हजारभन्दा धेरै मानिस त्यहाँबाट भागेका छन्।
सहायता संस्थाहरूका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्न सक्छ।
अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार मानिसले आफ्नो घर छाडेर भागिसकेका छन्।
युकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि उस्तै सङ्ख्या बताएको छ।
उद्धार समितिका मिस्टी बस्वेलले भनिन्, यदि हमला जारी भए तीन लाख मानिस विस्थापित हुन सक्छन्।
मर्सी कोरसहित अन्य १४ मानवीय सहायता संस्थाहरूले सो सङ्ख्या साढे चार लाख पुग्न सक्ने बताएका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस