अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुईजना सहयोगी पक्राउ
काठमाडौं, असोज २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुईजना सहयोगीलाई पक्राउ गरिएको छ ।
निर्वाचन अभियान र चन्दा संकलनसम्बन्धी प्रचलित कानुन उल्लंघन गरेको आरोपमा व्यापारीहरु लेभ पर्नास र इगोर फ्रुमनलाई पक्राउ गरिएको हो ।
दुवैजना राष्ट्रपति ट्रम्पका आर्थिक सहयोगी रहेका बताइएको छ ।
अष्ट्रियाको राजधानी भियना उड्नै लाग्दा उनीहरुलाई भर्जिनियाको डुलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको न्यूयोर्कका सरकारी अभियोजनकर्ताले जनाएका छन् ।
पर्नास युक्रेनमा जन्मिएका हुन् भने फ्रुमन बेलारुसमा जन्मिएका हुन् ।
उनीहरुले आसन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पका लागि गैरकानुनीरुपमा विदेशी पैसा भित्र्याएको आरोप लगाइएको छ । दुवै व्यापारी ट्रम्पका वकिल रुडी गिलियानीको नियमित सम्पर्कमा थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस