• जीवनशैली | Jiwanshaili
  • पेरिसमा जापानी व्यापारीको नौ करोड मुल्य पर्ने घडी लुटियो


    पेरिसको एक फाइभ स्टार होटेलबाहिर एक जना जापानी व्यापारीको करीब नौ करोड पर्ने घडी लुटिएको छ ।

    सोमबार रातको करीब नौ बजे पेरिसको होटेल नेपोलियनबाहिर ती व्यापारीको घडी लुटियो थियो ।

    पेरिस प्रहरीका प्रवक्ताका अनुसार चोरले ती व्यापारीसँग चुरोट माग्ने बाहना गर्दै नजिकिएका थिए । जब व्यापारीले चुरोट निकाल्दै आफ्नो हात खल्तीबाट झिके लगतै चोरले घडी खोसेर भागेका थिए ।

    पेरिस प्रहरीका अनुसार घडीको नाम रिचार्ड मिल मोडलको टुरविलियन डाइमण्ड ट्वीस्टर हो । यो स्वीस घडीलाई हिराको घेराले सिंगारिएको हुन्छ । यसको बजार मूल्य ८,३०,००० अमेरिकी डलर रहेको छ ।

    घडीको ठूलो मूल्यको कारण यो मुद्दालाई सामान्य चोरीको नभएर संगठित अपराध हेर्ने प्रहरीलाई जिम्मा दिइएको छ ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार