जापानमा शक्तिशालीआँधी, दुईको मृत्यु ६० जना घाइते
जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।
राजधानी टोकियो लगायत जापानका विभिन्न शहर आँधीका कारण तहसनहस भएको छ । प्रतिघण्टा २२५ किलोमिटरको रफ्तारले आएको आँधी ६० बर्षयताकै सबैभन्दा खराब मानिएको छ ।
७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ । हालसम्म ५० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् ।
हवाई सेवा अवरुद्ध हँुदा एक हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विद्युत आपूर्ति र रेलवे सेवासमेत अवरुद्ध बनेपछि कलेज र विद्यालयको पठन–पाठन बन्द गरिएको छ । ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढल्नुका साथै सयौं सवारीसाधनमा ध्वस्त भएको छ ।
मौसमविदहरुका अनुसार आँधी बिस्तारै पूर्वी तटतर्फ सरेको बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस