जापानमा शक्तिशालीआँधी, दुईको मृत्यु ६० जना घाइते

जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।
राजधानी टोकियो लगायत जापानका विभिन्न शहर आँधीका कारण तहसनहस भएको छ । प्रतिघण्टा २२५ किलोमिटरको रफ्तारले आएको आँधी ६० बर्षयताकै सबैभन्दा खराब मानिएको छ ।
७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ । हालसम्म ५० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् ।
हवाई सेवा अवरुद्ध हँुदा एक हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विद्युत आपूर्ति र रेलवे सेवासमेत अवरुद्ध बनेपछि कलेज र विद्यालयको पठन–पाठन बन्द गरिएको छ । ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढल्नुका साथै सयौं सवारीसाधनमा ध्वस्त भएको छ ।
मौसमविदहरुका अनुसार आँधी बिस्तारै पूर्वी तटतर्फ सरेको बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस