Update:जापानमा भीषणा वर्षा र आँधीका कारण कम्तीमा १० को ज्यान गयो

जापानमा भीषणा वर्षा र आँधीका कारणा कम्तीमा १० जनाको ज्यान गएको छ । समाचार एजेन्सीहरूका अनुसार, जापानमा ६० वर्षयताकै ठूलो आँधी आएको हो ।
मुसलधारे पानीका कारण आएको बाढी र पहिरोले समेत देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ । यसमा करिब अढाइ दर्जन मानिस हराइरहेका छन् ।
हगिबिस नामक सो आँधी अहिले उत्तरतिर बढिरहेको छ र समुद्रतिरै फर्कने ठानिएको छ । आँधीले स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे जापानी तटलाई हानेको थियो ।
बिबिसीका अनुसार सो आँधी जापानको मुख्य भूभागतर्फ २२५ किमि प्रति घण्टाको दरमा अगाडि बढेको छ । २ लाख ७० हजार घरहरूमा बिजुली बत्ती बन्द भएको छ । सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न चेतावनी दिइएको छ । तर ५० हजार मात्र सुरक्षित शिविरमा बसेका छन् ।
त्यहाँका शहरहरू, नगरहरू र गाउँहरूमा अभूतपूर्व रूपको भीषण वर्षा भएको छ । जेएमएले शनिवार दिउँसोदेखि आइतवारसम्ममा टोक्यो क्षेत्रमा आधा मीटर पानी पर्ने चेतावनी दिएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस