अमेरिकामा सवारी दुर्घटना, दुई नेपाली महिलाको मृत्यु
काठमाडौं — अमेरिकामा भएको सवारी दुर्घटनामा नेपाली मुलका जनाको मृत्यु भएको छ। ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको हो।
गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँएर दुर्घटना भएका थिए। घानाका कोबी स्टिलवेलले चलाएको अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै गरेको थियो। त्यस गाडीमा जाशन स्कट र खलिब वाटसन सवार रहेका थिए।
कोबी स्टिलवेल र खलिब वाटसन सामान्य घाइते भइ ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो। जाशन स्कट भने गम्भीर घाइते भइ माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ। स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठोक्किएको हो।
फिलेमोन गोपालले आफ्नो फेसबुकमा सेयर गर्दै कुमारी र अञ्जु आमाछोरी दुर्घटना परी मृत्यु भएको भन्दै समवेदना प्रकट गरेका छन्। यद्यपी प्रहरीले भने उनीहरूको सम्बन्ध खुलाएको छैन।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस