अमेरिकामा सवारी दुर्घटना, दुई नेपाली महिलाको मृत्यु

काठमाडौं — अमेरिकामा भएको सवारी दुर्घटनामा नेपाली मुलका जनाको मृत्यु भएको छ। ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको हो।
गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँएर दुर्घटना भएका थिए। घानाका कोबी स्टिलवेलले चलाएको अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै गरेको थियो। त्यस गाडीमा जाशन स्कट र खलिब वाटसन सवार रहेका थिए।
कोबी स्टिलवेल र खलिब वाटसन सामान्य घाइते भइ ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो। जाशन स्कट भने गम्भीर घाइते भइ माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ। स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठोक्किएको हो।
फिलेमोन गोपालले आफ्नो फेसबुकमा सेयर गर्दै कुमारी र अञ्जु आमाछोरी दुर्घटना परी मृत्यु भएको भन्दै समवेदना प्रकट गरेका छन्। यद्यपी प्रहरीले भने उनीहरूको सम्बन्ध खुलाएको छैन।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस