भारतले पानी रोक्ने चेतावनी दिएपछि पाकिस्तानले भन्यो, ‘हाम्रो पनि विशेष अधिकार छ’

काठमाडौं — भारतले पानी रोक्नको लागि दिएको चेतावनीप्रति पाकिस्तानले कडा प्रतिक्रिया व्यक्त गरेको छ । सम्झौताअनुसार तीन नदीको पानीमाथि ‘विशेष अधिकार’ रहेको प्रतिक्रिया पाकिस्तानले दिएको हो ।
भारतले पाकिस्तान लगिने पानी रोक्ने चेतावनी दिएपछि पाकिस्तानले पानी रोक्ने कुनै पनि प्रयासलाई ‘उत्तेजक कारबाही’ ठानिने र यसको जवाफ दिने अधिकार आफूसँग भएको प्रतिक्रिया दिएको हो ।
हरियाणाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट पाकिस्तान जाने पानी रोक्ने चेतावनी दिएका थिए ।
भारतका किसानहरूको अधिकार रहेको पानी, हरियाणाका किसानहरूको अधिकारको पानी ७० बर्षदेखि पाकिस्तानमा गइरहेको भन्दै मोदीले अब यो पानी रोकेर भारतीय किसानहरुको घरसम्म पुर्याइने बताएका थिए ।
पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले प्रधानमन्त्री मोदीको उक्त भनाइलाई औंल्याउँदै भने, ‘सिन्धु जल सम्झौता अन्तर्गत तीन पश्चिमी नदीहरूको पानीमाथि पाकिस्तानको विशेष अधिकार छ ।’
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय प्रधानमन्त्रीको यस्तो बयानले विश्वको आँखा खोलिनु पर्ने बताए ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले अयोध्या विवादमा सोधेको प्रश्नको पनि जवाफ दिएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस