अफगानिस्तानको एक मस्जिदमा बम विस्फोट, कम्तिमा ६२ जनाको ज्यान गयाे

अफगानिस्तानको एक मस्जिदमा भएको विस्फोटनमा ६२ जनाको ज्यान गएको छ । अज्ञात समुहले गरेको उक्त घटनामा सयौँ घाईते भएको बताईएको छ ।
अफगानिस्तानका एकजना प्रान्तीय प्रवक्ताले एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको बताएका छन्।
मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको विस्फोट कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन।
तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्।
संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो।
राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ थियो।
जुलाई एक दशकयताकै सबैभन्दा खतरनाक महिना बनेको थियो।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस