कश्मिर लडाइँमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु

भारत-पाकिस्तानबीचको पछिल्लो लडाइँमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ। आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पदम बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो।
नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको छ।
त्यस्तै नेपाली मुलकै जवान पदमबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी हुन्। त्यस आक्रमणमा परी दुई सेना र एक नागरिकको मृत्यु भएको थियो।
५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको हो । अन्य तीन जना घाइते भएका छन् ।
गएराति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो । पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत पदमबहादुर र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस