• जीवनशैली | Jiwanshaili
  • बिरालोलाई बलात्कार गरेर शरीरभरी मैनबत्ती दलेर आगोसमेत लगाए


    कहिलेकाँही मानव दानव हुन्छन् । यस्तै मानवरुपी दानवले ९ महिनाको बिरालोलाई थुप्रै पटक बलात्कार मात्रै गरेनन्, शरीरभरी मैनबत्ती दलेर आगोसमेत लगाइदिए ।

    घटना इंगल्याण्डको हो । यहाँको वर्किङ टाउनस्थित एक सडकमा अधमरो स्थितीमा मानिसहरुले एउटा बिरालोलाई देखे । बिरालोको केही अंग जलिसकेको थियो । अस्पतालमा डाक्टरले जब बिरालोको परीक्षण गरे तब सबै चकित भए ।

    डाक्टरलाई उद्धृत गर्दै द सनको रिपोर्टमा भनिएको छ – बिरालोलाई बलात्कार गरेपछि तातो मैनले पोल्ने कोसिस गरिएको छ । बिरालोको शरीरमा घाउका निशान पनि थिए ।

    ‘एउटा बिरालोमाथि यति बिघ्न हिंसा पहिले कहिले देखेकी थिइनँ । उनीमाथि यस्तो भएको देख्नु हृदयविदारक हो,’ मिलब्रुक एनिमल सेन्टरकी डेप्युटी म्यानेजर लिज वुडले बताएकी छिन् । बिरालोलाई बाटो यत्तिकै फ्याँकिएको भेटिएपछि उनको रेखदेखमा लिज नै उत्रिएकी छिन् ।

    बिरालोको नाम मिनी हो । मिनीको निकै पीडादायी तस्बिर सोसल मिडियामा पनि भाइरल भएका छन् ।

    डाक्टरका अनुसार जब मिनीलाई अस्पताल ल्याइएको थियो तब उसको बाँच्ने आशा कमै थियो तर मिनी अब खतरमुक्त भएको बताइन्छ । मिनीलाई सिमन ममफर्ड नामका व्यक्तिले पाल्ने भएका छन् ।

    रिपोर्टका अनुसार यो मामलामा बलात्कारीविरुद्ध मुद्दा दर्ता भएको छ र पुलिस अपराधीको खोजीमा जुटेको छ ।

    Photo: meaww.com


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार