बिरालोलाई बलात्कार गरेर शरीरभरी मैनबत्ती दलेर आगोसमेत लगाए
कहिलेकाँही मानव दानव हुन्छन् । यस्तै मानवरुपी दानवले ९ महिनाको बिरालोलाई थुप्रै पटक बलात्कार मात्रै गरेनन्, शरीरभरी मैनबत्ती दलेर आगोसमेत लगाइदिए ।
घटना इंगल्याण्डको हो । यहाँको वर्किङ टाउनस्थित एक सडकमा अधमरो स्थितीमा मानिसहरुले एउटा बिरालोलाई देखे । बिरालोको केही अंग जलिसकेको थियो । अस्पतालमा डाक्टरले जब बिरालोको परीक्षण गरे तब सबै चकित भए ।
डाक्टरलाई उद्धृत गर्दै द सनको रिपोर्टमा भनिएको छ – बिरालोलाई बलात्कार गरेपछि तातो मैनले पोल्ने कोसिस गरिएको छ । बिरालोको शरीरमा घाउका निशान पनि थिए ।
‘एउटा बिरालोमाथि यति बिघ्न हिंसा पहिले कहिले देखेकी थिइनँ । उनीमाथि यस्तो भएको देख्नु हृदयविदारक हो,’ मिलब्रुक एनिमल सेन्टरकी डेप्युटी म्यानेजर लिज वुडले बताएकी छिन् । बिरालोलाई बाटो यत्तिकै फ्याँकिएको भेटिएपछि उनको रेखदेखमा लिज नै उत्रिएकी छिन् ।
बिरालोको नाम मिनी हो । मिनीको निकै पीडादायी तस्बिर सोसल मिडियामा पनि भाइरल भएका छन् ।
डाक्टरका अनुसार जब मिनीलाई अस्पताल ल्याइएको थियो तब उसको बाँच्ने आशा कमै थियो तर मिनी अब खतरमुक्त भएको बताइन्छ । मिनीलाई सिमन ममफर्ड नामका व्यक्तिले पाल्ने भएका छन् ।
रिपोर्टका अनुसार यो मामलामा बलात्कारीविरुद्ध मुद्दा दर्ता भएको छ र पुलिस अपराधीको खोजीमा जुटेको छ ।
Photo: meaww.com
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस