• जीवनशैली | Jiwanshaili
  • विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु


    रियो डे जेनेरो– ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । 
    इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  प्रत्यक्षदर्शीहरुका अनुसार यस विमान विस्फोटमा परी चार ओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन् ।  विमानमा एक चालक र तीन यात्रु सवार थिए । 


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार