सगुन लाइटको स्मार्ट कोइन्सः उपहार दिन र कमाउन सकिने
काठमाडौं – सगुन लाइटले कनेक्ट, शेयर र अर्न लक्ष्य बोकेको स्मार्ट कोइन्स सार्वजनिक गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना प्रयोगकर्ताले सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने व्यवस्थासहितको उक्त स्मार्ट कोइन्स सार्वजनिक गरेको जानकारी दिइएको हो।
सगुन लाइटको प्रयोग गरी खुला रूपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भैरहेका घटनाहरु र राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा अभिव्यक्ति संप्रेषण गर्न पनि सकिने नेपालका लागि सगुन लाइटका संस्थापक गोविन्द गिरीले बताए।
उनका अनुसार स्मार्ट कोइन्स मार्फत सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्देश्यसहित सगुनले आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड ‘अ डिजिटल वालेट’ सार्वजनिक गरेको हो। मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाई र परिवारसँग सामाजिकीकरण हुँदा स्मार्ट क्वाइनहरु कमाउन सक्छन् भन्ने कुराको घोषणा गर्न पाउँदा सगुन निकै उत्साहित भएको जारी विज्ञप्तिमा उल्लेख छ।
विगत दुई हप्तादेखि यसको आन्तरिक रुपमा परीक्षण भइरहेको थियो। धेरै प्रयोगकर्ताहरुले १० हजार स्मार्ट क्वाइन भन्दा धेरै कमाइसकेका छन्। साथै उनीहरु छिटै ती क्वाइनमार्फत विभिन्न किसिमका सामान तथा सेवाहरु खरिद गर्न तयार रहेको समेत विज्ञप्तिमा जनाइएको छ।
कसरी कमाउने स्मार्ट क्वाइन्स ?
Google (https://play.google.com/store/apps/details?id=com.sagoonlite) वा Apple App Store (https://apps.apple.com/us/app/sagoon-lite/id1449566264) बाट सगुन लाइट डाउनलोड गर्नुहोस्। तपाइँको फोनमार्फत साइन अप गर्नुहोस्, आफूलाई मन परेका विषयवस्तुहरु छान्नुहोस् र तपाइँको फोनलाई ओटिपी कोडमार्फत भेरीफाइ गर्नुहोस्।
ड्यासबोर्डमा तपाइँको स्मार्ट कार्ड एक्टिभेट गर्नुहोस्। सीमित समयको लागि एक्टिभेसन निःशुल्क गरिएको छ। यसरी स्मार्ट कार्ड एक्टिभेट गर्नेले १०१ स्मार्ट क्वाइन कमाउन सक्ने जानकारी सगुनले गराएको छ।
साथै कमेन्ट गरेर, लाइक गरेर, पोस्ट गरेर, स्टोरी शेयर गरेर तथा साथीहरुलाई अन्य सामाजिक संजालबाट आमन्त्रण गरेर अझै क्वाइनहरु कमाउन सकिने दावी समेत सगुनको रहेको छ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस