कर्नाटकमा बाढीका कारण थप १३ जनाको मृत्यु

काठमाडाैँ । भारतको कर्नाटक राज्यमा बाढीका कारण बुधबारसम्म थप १३ जनाको मृत्यु भएको छ ।विनाशकारी बाढीमा परेर मृत्यु हुनेको यो तथ्याङ्क यही अक्टोबर १८ देखि अहिलेसम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन् ।
राज्य सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण १५० भन्दा बढी पशुचौपाया मरेका छन् । अधिकारीहरुले बाढीका कारण ९ हजार ८३२ घरमा आंशिक क्षति भएको र २०६ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएका छन् ।
गत पछिल्लो छ दिनमा यस क्षेत्रमा अत्यधिक वर्षा भएको र बाढी आएकाले धनजनको क्षति भएको सरकारी अधिकारीहरुको भनाई छ ।
उनीहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले जनजीवन सामान्य हुँदै जान थालेको छ भने खोजी, उद्धार तथा राहतका लागि कामहरु पनि भइरहेका छन् ।
बगालकोटमा मात्रै ३७ हजार ३४ जना बाढी प्रभावितलाई विभिन्न शिविर बनाएर पुनस्र्थापित गरिएको छ ।
कर्नाटक राज्यका २८ ओटा शिविरमा ७२ हजार २० जनालाई पुनस्र्थापना गरिएको प्रदेश सरकारको तथ्याङ्क छ ।
सरकारी अधिकारीले बाढीबाट प्रभावितका लागि आवश्यक सहयोग उपलब्ध गराउने कार्य गरिरहेको पनि जनाएका छन् । रासस
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस