विमान दुर्घटनामा पाँचको मृत्यु
मेक्सिको। मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले पत्रकारलाई जानकारी दिएका छन् ।
उक्त विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ । सो विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि सो पत्रिकाले जानकारी दिएको छ ।सिन्ह्वा
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस