ट्रक भित्र भेटिएका ३९ शव चिनियाँ नागरिकको भएकाे पुष्टि

लण्डन । बेलायतको दक्षिण पूर्वी स्थानमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ। बेलायती सञ्चार एजेन्सी स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार मृत सबै शव चिनियाँ नागरिक भएको पुष्टी भएको हो। पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा राजधानी लण्डनको पूर्वी तर्फ रहेको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटिएका हुन् । उनीहरु बेल्जियमबाट डुङ्गामा यहाँ आएको बताइएको छ। आप्रवासन कार्यालयमा कार्यरत प्रहरीले उनीहरुको पहिचान गर्नु नै आफूहरुको पहिलो काम भएको बताएका छन्। भेटिएका मृतकमध्ये ३८ जना बयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन्। शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाई छ। घटनाका बारेमा बेलायती प्रहरी र चिनियाँ दूतावासले केही प्रतिक्रिया दिएका छैनन् ।
बेलायतमा ट्रकभित्र ३९ शव फेला,ड्राइभर पक्राउ
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस