रुसमा बाँध भत्किँदा १७ को मृत्यु
रुसको कुरागिङ्स्की जिल्लामा रहेको एउटा बाँध भत्किँदा १७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार जिल्लाको क्रास्नोयास्र्क क्षेत्रमा रहेको बाँध भत्किएको हो ।
“नातेदारहरुले मृत्यु भएका सवै १७ जनाकै शव पहिचान गरिसकेका छन्,” रूसी आपत्कालीन सेवा केन्द्रीय कार्यालयलाई उद्धृत गर्दै रुसी समाचार संस्थाहरूले समाचार सम्प्रेषण गरेको छन् ।
बाढीका कारण बाँध भत्किएको अधिकारीहरूले जानकारी दिएका छन् । अन्य चार बाँध पनि भत्किएकाले त्यसको असर समेत यो बाँधमा परेको बताइएको छ ।
अनुसन्धान टोलीका सदस्यहरुले १७ जनाको मृत्यु भएको र अरु तीन जना अझै हराईरहेको जनाएका छन् । (एजयतयस् सिन्ह्वा
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस