कश्मीरको एक गाउँमा गोली हानेर पाँच जना सर्वसाधारण मारिए
भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
बीबीसीका अनुसार यो घटना मंगलबार राति करिब ९ बजेतिर भएको हो ।
मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
आतंकवादी समूहले पुलवाको एक विद्यालय बाहिर गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको छ । यद्यपि कोही पनि घाइते भएका छैनन् । आक्रमणकारीको खोजीका लागि सम्भावित क्षेत्रलाई घेराबन्दी गरेर अपरेशन सुरु गरिएको छ ।
युरोपीय संसदको एक प्रतिनिधिमण्डल जम्मु-कश्मीरको अवस्था बुझ्न भ्रमणमा आएको बेला आतंकवादी गतिविधि बढेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस