बग्दादीको तीन अर्ब रूपैयाँ बराबरको धन इराकी मरूभूमिमा फेला
इस्लामिक स्टेट (आइसिस) का आतंकवादीहरूले लुकाएको करिब तीन अर्ब रूपैयाँ बराबरको धन इराकी मरूभूमिमा फेला परेको छ।
‘द मिरर’का अनुसार आइसिस प्रमुख प्रमुख अबु बकर अल–बग्दादीनिकट व्यक्तिले लुकाइएको धनबारे जानकारी दिएका हुन्। पछि भेडा गोठालाहरूले मरूभूमिमा उक्त धन भेटेका छन्।
शनिबार साँझ बग्दादी मारिएपछि उनका नातेदार तथा सन् २०१५ देखि नै आइसिसका सदस्य रहेका मोहम्मद अली साजेतले लुकाएर राखिएको धनबारे जानकारी दिएका थिए। साजेतलाई एक महिनाअघि नै बग्दाद नजिकैबाट इराकी अधिकारीहरूले पक्राउ गरेका थिए।
अल अरेबिया अखबारलाई अन्तर्वार्ता दिने क्रममा इराकी हिरासतमा रहेका साजेतले बग्दादी र आफूहरू मिलेर पैसा तथा सुनचाँदी अल-अनवर मरूभूमिमा गाड्ने गरेको बताएका थिए। उनले अन्तर्वार्तामा त्यो धन हराएको बताए पनि पछि गोठालाहरूले फेला पारेका हुन्।
साजेतले नै बग्दादी सिरियामा लुकेर बसेको र बग्दादीसँग काम गरिरहेका खबरवाहकका बारेमा जानकारी दिएका अनुमान छ। तर साजेतले अन्तर्वार्तामा बग्दादी यसरी भेटिएलान् भन्ने आफूले अनुमान नगरेको बताएका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस