Update: पाकिस्तानमा रेलमा आगलागी हुँदा कम्तिमा ६० जनाको मृत्यु
एजेन्सी– पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तिमा पनि ६० जनाको मृत्यु भएको छ ।
तेज गाम एक्सप्रेसको उक्त रेल कराचीबाट रावलपिण्डीको बीचमा चल्ने गर्छ । रावलपिण्डी तर्फ जाँदै गरेको सयमा उक्त रेलको तीनवटा डिब्बामा आगलागी भएको थियो ।
रहीम यार खान जिल्लाका डीपीओ अमीर तैमुर खानका अनुसार आगलागीका कारण ४६ जना मारिएको पुष्टि भएको छ भने अन्य ४२ जना घाइते भएका छन् ।

रेल मन्त्रीका अनुसार रेलमा यात्रा गरिरहेका यात्रुले रेलमा खाजा बनाउन थालेको बेलामा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको थियो ।

क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस