• जीवनशैली | Jiwanshaili
  • फिलिपिन्समा एक हप्ताको बीचमा तीन पटक शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु


    फिलिपिन्समा पछिल्लो एक हप्ताको बीचमा तीन पटक भूकम्प आएको छ । पछिल्लो पटक बिहीबार पनि भूकम्प गएको छ ।

    देशको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् 

    अधिकारीहरुका अनुसार अरु कैयौँ घरसहितका भौतिक संरचनाहरु भत्किएका छन् । यसअघिका दुई भूकम्पले पनि ठूलो क्षति पुर्‍याएको थियो ।

    मिन्डानाओ पहाडलाई केन्द्रमा पारेर ६.५ म्याग्नीच्युडको भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । त्यही क्षेत्रमा गत मङ्गलबार आएको भूकम्पमा परी अरु आठ जनाको मृत्यु भएको थियो ।

    भूकम्पको केन्द्रविन्दुदेखि झण्डै ४५ किलोमिटर टाढा पर्ने दक्षिणी क्षेत्रको मुख्य सहर मानिने डाभाओ सहरमा पनि धेरै क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार