फिलिपिन्समा एक हप्ताको बीचमा तीन पटक शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु
फिलिपिन्समा पछिल्लो एक हप्ताको बीचमा तीन पटक भूकम्प आएको छ । पछिल्लो पटक बिहीबार पनि भूकम्प गएको छ ।
देशको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन्
अधिकारीहरुका अनुसार अरु कैयौँ घरसहितका भौतिक संरचनाहरु भत्किएका छन् । यसअघिका दुई भूकम्पले पनि ठूलो क्षति पुर्याएको थियो ।
मिन्डानाओ पहाडलाई केन्द्रमा पारेर ६.५ म्याग्नीच्युडको भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । त्यही क्षेत्रमा गत मङ्गलबार आएको भूकम्पमा परी अरु आठ जनाको मृत्यु भएको थियो ।
भूकम्पको केन्द्रविन्दुदेखि झण्डै ४५ किलोमिटर टाढा पर्ने दक्षिणी क्षेत्रको मुख्य सहर मानिने डाभाओ सहरमा पनि धेरै क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस