पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुग्याे
पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ । रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
घटनामा परी अरु दर्जनौ घाइते भएको र मृत्यु भएका र घाइते भएकाहरू तीर्थयात्री रहेको समाचारमा जनाइएको छ । पाकिस्तानको कराँची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७३ जनाको ज्यान गएको बताइएको छ । पाकिस्तान रेलवेको तेजगाम एक्स्प्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डब्बामा आगलागी भएको थियो ।
कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको हो भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा मृत्यु भएको हो । बिहीबार बिहान दुर्घटना भएको घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगर नजिकै पर्दछ ।
घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । साथै घटनाका बारेमा छानविनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन् ।
रेलको क्षमताभन्दा बढी मानिसले यात्रा गर्ने र लपरबाहीका कारण पाकिस्तानमा रेल दुर्घटना धेरै हुनेगरेको अधिकारीहरुले बताएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस