आइएसद्वारा बगदादी मारिएको पुष्टि, अबु इब्राहिम अल–हाशमी आफ्नो नयाँ नेता भएको घोषणा
स्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल–बगदादी मारिएको पुष्टि गर्दै उनको उत्तराधिकारीको नाम घोषणा गरेको छ ।
इस्लामिक स्टेटले म्यासेजिङ सर्भिस टेलिग्राममार्फत् अबु इब्राहिम अल–हाशमी आफ्नो नयाँ नेता भएको घोषणा गरेको छ ।
एक अडियो सन्देशमा इस्लामिक स्टेटले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर मारिएको पुष्टि पनि गरेको छ । उनको मृत्यु २७ अक्टोबरमा अमेरिकी कुर्दिस बलको एक अपरेशनको क्रममा भएको थियो ।
अबु हम्जा अल–कुरैशी इस्लामिक स्टेटका नयाँ प्रवक्ता हुन् जसले अबु इब्राहिम अल–हाशमीको हात बलियो बनाउन मुसलमानलाई आह्वान गरेका छन् ।
अबु इब्राहिम अल हाशमी अमेरिकी सुरक्षाबलका लागि परिचित नाम होइन । इस्लामिक स्टेटले आफ्ना नयाँ नेताबारे खासै जानकारी दिएको छैन । उनका कुनै तस्बिर पनि जारी गरिएको छैन ।
तर इस्लामिक स्टेटले अबु इब्राहिम अल–हाशमी पुराना जिहादी लडाकु भएको जसले पश्चिमविरुद्ध थुप्र्रै युद्ध गरिरहेको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत आइतबार चरमपन्थी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल–बगदादीले सिरियामा अमेरिकाको स्पेशन फोर्सको एउटा छापामारीको क्रममा आफूलाई मारेको बताएका थिए ।
चरमपन्थी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल–बगदादी मारिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका लागि कुनै जीतभन्दा कम होइन ।
विद्रोहीहरुको समूहबाट पैदा भएको सबैभन्दा खतरनाक र हिंस्रक चरमपन्थी संगठन इस्लामिक स्टेट अबु बक्र अल–बगदादीको नेतृत्वमा अफ्रिकाबाट अष्ट्रेलियासम्म आफ्नो खुट्टा पसारिरहेको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस