हाइटीमा सङ्कटपूर्ण अवस्था, ४२ जनाको मृत्यु

हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले शुक्रबार जानकारी दिएका छन् ।
हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ । उनीहरुले राष्ट्रपति जोभेनेल मोइसका विरुद्धमा पनि प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण देशका गहिरो सङ्कटपूर्ण अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । गरीव देश मानिने हाइटीमा आन्दोलनका कारण इन्धनको अभाव पनि बढेको जनाइएको छ ।
आन्दोलनको असर स्वास्थ्य सेवा, खाद्यान्न, शिक्षालगायतका अन्य विभिन्न आधारभूत सेवाहरुमा पनि परेको राष्ट्रसंघको उच्च आयुक्तको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस