महिला फुटबलरकाे छुरा हानी हत्या
जमैकन राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी तारानिया क्लार्कको छुरा हानी हत्या गरिएको छ ।
२० वर्षीया मिडफिल्डर क्लार्कलाई शुक्रबार राजधानी किङ्सटनमा मोवाइल फोनको विषयमा झगडा हुँदा छुरा हानिएको हो ।
उनलाई तत्काल अस्पताल लगिएपनि बचाउन नसकिएको बीबीसीले जनाएको छ । क्लार्कमाथि छुरा प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्लार्क जमैकाकी राम्रो खेलाडी हुन् । गत सेप्टेम्बरमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी क्लार्कले ओलम्पिक छनोट खेलमा सनसनी मच्चाएकी थिइन् । उनकै उत्कृष्ट प्रदर्शनमा जमैकाले क्युवालाई १२–१ गोलले हराएको थियो ।
घरेलु महिला लिगमा भने क्लार्क वाटरहाउस एफसीबाट खेल्दै आएकी थिइन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस