महिला फुटबलरकाे छुरा हानी हत्या

जमैकन राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी तारानिया क्लार्कको छुरा हानी हत्या गरिएको छ ।
२० वर्षीया मिडफिल्डर क्लार्कलाई शुक्रबार राजधानी किङ्सटनमा मोवाइल फोनको विषयमा झगडा हुँदा छुरा हानिएको हो ।
उनलाई तत्काल अस्पताल लगिएपनि बचाउन नसकिएको बीबीसीले जनाएको छ । क्लार्कमाथि छुरा प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्लार्क जमैकाकी राम्रो खेलाडी हुन् । गत सेप्टेम्बरमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी क्लार्कले ओलम्पिक छनोट खेलमा सनसनी मच्चाएकी थिइन् । उनकै उत्कृष्ट प्रदर्शनमा जमैकाले क्युवालाई १२–१ गोलले हराएको थियो ।
घरेलु महिला लिगमा भने क्लार्क वाटरहाउस एफसीबाट खेल्दै आएकी थिइन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस