बेलायतमा गाडीमा भेटिएका ३९ जना मृतक सबै भियतानामी नागरिक
प्रहरीले बेलायतको एसेक्समा रेफ्रिजेरेटरयुक्त गाडीमा भेटिएका ३९ जना मृतक सबै भियतानामी नागरिक भएको बताएको छ ।
ती शव अघिल्लो हप्ता एसेक्स सहरको एक औद्योगिक क्षेत्रमा भेटिएको थियो । सुरुमा ती शवहरु चिनियाँ नागरिकको भएको आशंका गरिएको थियो ।
एसेक्स प्रहरीले आफूहरुले घटनासम्बन्धमा ‘भियतनाम र बेलायतमा रहेका परिवारसँग सिधा सम्पर्कमा गरिरहेको’ बताएको छ । त्यस्तै भियतनामी सरकारसँग पनि कुराकानी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
आफ्ना परिवार सदस्य उक्त गाडीमा भएको डरमा कयैन भियतनामी परिवार प्रहरीकहाँ आइरहेका छन् ।
२६ वर्षीया फाम थि ट्रा माइले मंगालबार राती आफ्नो परिवारलाई पठाएको म्यासेजमा आफ्नो ‘विदेश भ्रमण असफल भएको’ बताएकी थिइन् ।
मृत्युको कारण बुझ्नको लागि ३१ पुरुष र आठ महिलाको शवको पोस्टमार्टम जाँच भइरहेको छ ।
एसेक्स प्रहरी विभागका सहायक चिफ कन्स्टेबल टीम स्मिथले लोरीको शवबारे भने ,‘अहिले हामी मृतकहरु भियतनामका नागरिक भएको विश्वासमा पुगेका छौं । हामी भियतनामी सरकारसँग सम्पर्कमा छौं ।’
उनले प्रहरीले कुनै पनि मृतकको पहिचान गर्न नसकेको पनि बताए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस