बगदादीकी श्रीमती पक्राउ
टर्कीको सुरक्षा बलले इस्लामिक स्टेटका पूर्व प्रमुख अबू बकर अल बगदादीकी श्रीमतीलाई पक्राउ गरिएको टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले बताएका छन् ।
यसअघि मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि हिरासतमा लिएको जानकारी दिएको छ ।
बगदादीले गत महिना अमेरिकाको विशेष दलको एक अभियानमा आत्मघाती बिस्फोटमार्फत् आफूलाई उडाएका थिए । अमेरिकी बलले यो अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा चलाएको थियो ।
बगदादीको मृत्यु, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जीतको रुपमा पेश गरिएको छ तर उनका आलोचकका अनुसार सिरिया र अन्य देशमा इस्लामिक स्टेटको खतरा यथावत छ ।
इस्लामिक स्टेटले बगदादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेताको नाम घोषणा गरेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस