बगदादीकी श्रीमती पक्राउ

टर्कीको सुरक्षा बलले इस्लामिक स्टेटका पूर्व प्रमुख अबू बकर अल बगदादीकी श्रीमतीलाई पक्राउ गरिएको टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले बताएका छन् ।
यसअघि मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि हिरासतमा लिएको जानकारी दिएको छ ।
बगदादीले गत महिना अमेरिकाको विशेष दलको एक अभियानमा आत्मघाती बिस्फोटमार्फत् आफूलाई उडाएका थिए । अमेरिकी बलले यो अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा चलाएको थियो ।
बगदादीको मृत्यु, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जीतको रुपमा पेश गरिएको छ तर उनका आलोचकका अनुसार सिरिया र अन्य देशमा इस्लामिक स्टेटको खतरा यथावत छ ।
इस्लामिक स्टेटले बगदादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेताको नाम घोषणा गरेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस