इरानमा भूकम्प ५ जनाको मृत्यु

एजेन्सी– इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ ।
शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो ।
स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएको जनाएका छन् । ती मध्ये गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
इरानको राजधानी तेहरानबाट चार सय किलोमिटर टाढा रहेको क्षेत्र मा भूकम्प गएको हो । अमेरिकी भौगोलिक सर्वेक्षण संस्था (यूएस जियोलोजिकल सर्भे) का अनुसार भूकम्पको केन्द्रविन्दुको गहिराई १० किलोमिटर रहेको थियो ।
भूकम्प गएपछि ४० पटक भन्दा बढी पराकम्पन गएको थियो । भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्ने टोली परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भूकम्पको केन्द्रविन्दु रहेको ठाँउका ३० वटा घरहरुमा क्षति भएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस