इरानमा भूकम्प ५ जनाको मृत्यु
एजेन्सी– इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ ।
शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो ।
स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएको जनाएका छन् । ती मध्ये गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
इरानको राजधानी तेहरानबाट चार सय किलोमिटर टाढा रहेको क्षेत्र मा भूकम्प गएको हो । अमेरिकी भौगोलिक सर्वेक्षण संस्था (यूएस जियोलोजिकल सर्भे) का अनुसार भूकम्पको केन्द्रविन्दुको गहिराई १० किलोमिटर रहेको थियो ।
भूकम्प गएपछि ४० पटक भन्दा बढी पराकम्पन गएको थियो । भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्ने टोली परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भूकम्पको केन्द्रविन्दु रहेको ठाँउका ३० वटा घरहरुमा क्षति भएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस