नर्सले औंला काटेपछि एक नवजात शिशुको मृत्यु

भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालामा नर्सले एक नवजात शिशुको औंला काटिदिइन् जसका कारण बालकको मृत्यु भएको छ ।
सरकारी अस्पतालमा जन्मिएका ती बालकको हातमा ६–६ वटा औंला थिए । नर्सले नवजात शिशुको एक–एकवटा औंला काटिदिएलगत्तै बालकको स्थिती बिग्रन थाल्यो र उनको मृत्यु भयो । बालकका पिताले स्वास्थ्यकर्मी विद्या देवीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार शनिबार राती लक्ष्मी नामकी महिलालाई प्रसव पीडा भएपछि सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा भर्ना गरिएको थियो । आइतबार बिहान लक्ष्मीले छोरा जन्माइन् ।

लक्ष्मीका श्रीमान्ले महिला स्वास्थ्यकर्मी विद्याले बालकको औंला काटिदिएपछि मृत्यु भएको आरोप लगाएका छन् ।
पुलिस अधिकारी आलोक प्रियदर्शीले महिला स्वास्थ्यकर्मीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसका साथै डाक्टर एसके रावतले बालकको औंला काट्नका लागि परिवारको सहमती लिए नलिएको भन्दै अनुसन्धान गरिने बताए
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस