नर्सले औंला काटेपछि एक नवजात शिशुको मृत्यु
भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालामा नर्सले एक नवजात शिशुको औंला काटिदिइन् जसका कारण बालकको मृत्यु भएको छ ।
सरकारी अस्पतालमा जन्मिएका ती बालकको हातमा ६–६ वटा औंला थिए । नर्सले नवजात शिशुको एक–एकवटा औंला काटिदिएलगत्तै बालकको स्थिती बिग्रन थाल्यो र उनको मृत्यु भयो । बालकका पिताले स्वास्थ्यकर्मी विद्या देवीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार शनिबार राती लक्ष्मी नामकी महिलालाई प्रसव पीडा भएपछि सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा भर्ना गरिएको थियो । आइतबार बिहान लक्ष्मीले छोरा जन्माइन् ।

लक्ष्मीका श्रीमान्ले महिला स्वास्थ्यकर्मी विद्याले बालकको औंला काटिदिएपछि मृत्यु भएको आरोप लगाएका छन् ।
पुलिस अधिकारी आलोक प्रियदर्शीले महिला स्वास्थ्यकर्मीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसका साथै डाक्टर एसके रावतले बालकको औंला काट्नका लागि परिवारको सहमती लिए नलिएको भन्दै अनुसन्धान गरिने बताए
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस