युगान्डाली विद्रोही समूहद्वारा १४ जना सर्वसाधारणको हत्या
अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन् ।
स्थानीय एक सरकारी अधिकारीका अनुसार उक्त घटना शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको अवधिमा भएको हो । बदलाको भावनाबाट गरिएको आक्रमणबाट विगत दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ ।
यी घटनाहरु कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा भएको छ । यहाँ कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महिना घोषणा गरेको थियो । यस क्षेत्रमा छिमेकी मुलुक युगान्डाका विद्रोहीहरुको समूह एलाइड डेमोक्रेटिक फोर्सेस ९एडिएफ० सक्रिय छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस