• जीवनशैली | Jiwanshaili
  • विमानभित्र पोर्न फिल्मको सुटिङ


    केही नायिकाहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक विमानभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । यद्यपि, उनीहरुले विमानलाई एक दिनका लागि भाडामा लिएका थिए त्यसका लागि सय पाउन्ड अर्थात् १४ हजार रुपैयाँ पैसा तिरेका थिए । घटना ब्रिटेनको मिडल्याण्ड एयर म्युजियमको हो ।

    मिडल्याण्ड एयर म्युजियममा सर्वसाधारण र बालबालिकाको उपस्थितीका बीच एडल्ट फिल्मको सुटिङमाथि विभिन्न प्रश्न उठेका छन् । द सनको रिपोर्टका अनुसार जुन विमानमा सुटिङ गरियो त्यो कुनै बेला एयर फ्रान्सको विमान थियो ।

    संग्रहालयका कर्मचारीले आफूहरुलाई धोका दिएर वयस्क फिल्मको सुटिङ गरिएको बताए । सुटिङका लागि उनीहरुले पाइलट र एयरहोस्टेसको पहिरन पनि लगाएका थिए । संग्रहालयका कर्मचारीका अनुसार उनीहरु विमानमा स्विमवेयर शुट गर्ने तयारीमा थिए ।

    संग्रहालयका कर्मचारीका अनुसार यदि उनीहरुलाई घटनाबारे पहिले नै जानकारी भएको भए आफूहरुले त्यतिबेलै सुटिङ रोक्ने थिए । जुन विमानमा सुटिङ गरिएको थियो त्यसलाई सन् १९५० को दशकमा चार्टर होलिडेका लागि प्रयोग गरिएको थियो ।

    संग्रहालयका म्यानेजर डिआने जेम्सले धेरै मानिसहरु युनिफर्ममा आउने र विमानभित्र अभिनय गर्ने गर्छन् त्यसकारण पाइलट र एयरहोस्टेसको भेषमा मानिसहरु आउँदा शंका नलागेको बताए ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार