विमानभित्र पोर्न फिल्मको सुटिङ
केही नायिकाहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक विमानभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । यद्यपि, उनीहरुले विमानलाई एक दिनका लागि भाडामा लिएका थिए त्यसका लागि सय पाउन्ड अर्थात् १४ हजार रुपैयाँ पैसा तिरेका थिए । घटना ब्रिटेनको मिडल्याण्ड एयर म्युजियमको हो ।
मिडल्याण्ड एयर म्युजियममा सर्वसाधारण र बालबालिकाको उपस्थितीका बीच एडल्ट फिल्मको सुटिङमाथि विभिन्न प्रश्न उठेका छन् । द सनको रिपोर्टका अनुसार जुन विमानमा सुटिङ गरियो त्यो कुनै बेला एयर फ्रान्सको विमान थियो ।

संग्रहालयका कर्मचारीले आफूहरुलाई धोका दिएर वयस्क फिल्मको सुटिङ गरिएको बताए । सुटिङका लागि उनीहरुले पाइलट र एयरहोस्टेसको पहिरन पनि लगाएका थिए । संग्रहालयका कर्मचारीका अनुसार उनीहरु विमानमा स्विमवेयर शुट गर्ने तयारीमा थिए ।
संग्रहालयका कर्मचारीका अनुसार यदि उनीहरुलाई घटनाबारे पहिले नै जानकारी भएको भए आफूहरुले त्यतिबेलै सुटिङ रोक्ने थिए । जुन विमानमा सुटिङ गरिएको थियो त्यसलाई सन् १९५० को दशकमा चार्टर होलिडेका लागि प्रयोग गरिएको थियो ।
संग्रहालयका म्यानेजर डिआने जेम्सले धेरै मानिसहरु युनिफर्ममा आउने र विमानभित्र अभिनय गर्ने गर्छन् त्यसकारण पाइलट र एयरहोस्टेसको भेषमा मानिसहरु आउँदा शंका नलागेको बताए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस