तीन छोराछोरी र श्रीमतीको गोली हानी हत्या गरी आत्महत्या
अमेरिका सान डिएगोस्थित प्याराडाइज हिल्समा एक पुरुषले तीन छोराछोरी र श्रीमतीको गोली हानी हत्या गरेका छन्। पछि उनले आफैंलाई गोली हानेका थिए।
शनिबार बिहान उनले आफ्ना चार बच्चालाई गोली हानेको थिए। गोली लागेका एक बच्चा भने बाँचेका छन्।
शनिबार बिहान पौने ७ बजे ९११ मा फोन आएको थियो फोन कर्ताले केही नबोलेपछि प्रहरी लोकेशन ट्रयाक गर्दै घटनास्थलमा पुगेको थियो।
घरमा पुग्दा भित्र मानिस चिच्याएको र गोली चलेको आवाज सुनिएको प्रहरीले जनाएको छ।
प्रहरी घर भित्र छिर्दा रगतले भुइँमा रगत लतपतिएको थियो।
‘पारिवारिक झगडा भइरहेको थियो, पछि बुबाले आफ्ना बालबालिका र श्रीमतीलाई गोली हानी आत्महत्या गरेको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने।
३ वर्षीय बालक र २९ वर्षीय आमा र ३१ वर्षीय बुबा घटनास्थलमै मृत्यु भएको हो।
५ , ९ र ११ वर्षका छोराहरूलाई प्रहरीले अस्पताल पुर्याएको थियो तर तीमध्ये एक जनाले मात्र ज्यान जोगाएको लसएन्जलस टाइम्सले जनाएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस