तीन छोराछोरी र श्रीमतीको गोली हानी हत्या गरी आत्महत्या

अमेरिका सान डिएगोस्थित प्याराडाइज हिल्समा एक पुरुषले तीन छोराछोरी र श्रीमतीको गोली हानी हत्या गरेका छन्। पछि उनले आफैंलाई गोली हानेका थिए।
शनिबार बिहान उनले आफ्ना चार बच्चालाई गोली हानेको थिए। गोली लागेका एक बच्चा भने बाँचेका छन्।
शनिबार बिहान पौने ७ बजे ९११ मा फोन आएको थियो फोन कर्ताले केही नबोलेपछि प्रहरी लोकेशन ट्रयाक गर्दै घटनास्थलमा पुगेको थियो।
घरमा पुग्दा भित्र मानिस चिच्याएको र गोली चलेको आवाज सुनिएको प्रहरीले जनाएको छ।
प्रहरी घर भित्र छिर्दा रगतले भुइँमा रगत लतपतिएको थियो।
‘पारिवारिक झगडा भइरहेको थियो, पछि बुबाले आफ्ना बालबालिका र श्रीमतीलाई गोली हानी आत्महत्या गरेको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने।
३ वर्षीय बालक र २९ वर्षीय आमा र ३१ वर्षीय बुबा घटनास्थलमै मृत्यु भएको हो।
५ , ९ र ११ वर्षका छोराहरूलाई प्रहरीले अस्पताल पुर्याएको थियो तर तीमध्ये एक जनाले मात्र ज्यान जोगाएको लसएन्जलस टाइम्सले जनाएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस