मालीमा लडाकु समूहको आक्रमण, २४ सैनिक मारिए
अफ्रिकी मुलुक मालीमा लडाकु समूहले गरेको आक्रमणमा परि २४ सैनिक मारिएका छन् । माली, निगरले गाओ सीमा क्षेत्रमा सञ्चालन गरेको संयुक्त सैनिक कारवाहीको क्रममा २९ जना सैनिक घाइते भएको बताइएको छ । माली सैनिकले निजरतर्फ १७ जना लडाकु मारिए र एक सय जनालाई पक्राउ गरेको जनाएको छ ।
मालीमा एक साताअघि मात्रै ५४ सैनिक मारिने गरि लडाकु समूहले आक्रमण गरेको थियो । सो आक्रमणलाई पछिल्लो दशकमा भएको सबैभन्दा ठूलो आक्रमणको रुपमा व्याख्या गरिएको छ । सोमबारको आक्रमणको विषयमा सबै विवरणहरु स्पष्टसँग आएको छैन । अधिकारीहरुले आक्रमण गर्ने समूह कुन हो भनेर केही जानकारी गराएका छैनन् । माली सेनाले आफ्नो ट्विटर एकाउन्टमा जलेका मोटर साइकलहरुको तस्वीर राखेको छ । सो घटनामा ७० मोटरसाइकल जलेको जनाएको छ ।
सन् २०१२ मा इस्लामिक पृथकतावादी समूहले विद्रोह शुरु गरेदेखि नै मालीमा हिंसात्मक घटना हुदै आएका छन् । त्यस क्रममा लडाकुहरुले थुप्रै शहरमाथि कब्जा जमाएका थिए । तर पछि फ्रान्सेली सैनिकको सहयोगमा मालीले ती शहरहरुमाथि नियन्त्रण गर्न सफल भयो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस