दाईले गरे भाईलाई प्रधानमन्त्रीमा नियुक्त
श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए ।
त्यसक्रममा उनले भाइ गोताभायालाई रक्षामन्त्री बनाएका थिए । यसअघिका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यकालमा पनि उनी प्रधानमन्त्री बनेका थिए ।
गत शनिवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताभाय राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे दाजुभाईको भूमिका महत्वपूर्ण मानिन्छ ।
श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदैछ । नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नेछन् । एजेन्सी
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस