चीनले दियो अमेरिकालाई कडा कारवाहीको चेतावनी
काठमाडौं, मंसिर १३ । चीनले अमेरिकाले हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन गरेको भन्दै अमेरिकाविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि चीन अमेरिकासँग रुष्ट बनेको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले हालै मानव अधिकार तथा प्रजातन्त्र नामक कानुनमा हस्ताक्षर गरेका थिए ।
ट्रम्पद्वारा हङ्कङ आन्दोलनको समर्थन गर्ने कानुनमा गरेको हस्ताक्षरले हङ्कङको चुनावमा बेइजिङ समर्थकको हार र आन्दोलनकारीलाई ठूलो सफलता मनिएको छ ।
ट्रम्मको उद्देश्य चीनसँग व्यापार सम्झौता गर्न चाहेको र दुई देशबीचको व्यापार युद्ध थामियोस् भन्ने रहेको चीनको विश्लेषण छ ।
हङ्कङका सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आगो लगाउने, निर्दोष मानिसलाई कुटपिट गर्ने एवम् कानुनी शासन र सामाजिक व्यवस्थामा खलल पार्न खोज्ने हिंस्रक अपराधीहरूलाई खुला रूपमा समर्थन गरिरहेको आरोप अमेरिकामाथि चीनको छ ।
विश्वका सबैभन्दा शक्तिशाली दुई मुलुकबीच चर्किएको पछिल्लो तनावले ती दुईबीच जारी व्यापार युद्ध रोक्न जारी वार्तामा पनि असर पर्न सक्ने औल्याइएको छ ।
यसैबीच हङ्कङमा जारी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम र वाण प्रहार गरेपछि दोहोरो भिडन्त जारी छ । एजेन्सी
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस