• जीवनशैली | Jiwanshaili
  • चीनले दियो अमेरिकालाई कडा कारवाहीको चेतावनी


    काठमाडौं, मंसिर १३ । चीनले अमेरिकाले हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन गरेको भन्दै अमेरिकाविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्‌कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि चीन अमेरिकासँग रुष्ट बनेको हो ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले हालै मानव अधिकार तथा प्रजातन्त्र नामक कानुनमा हस्ताक्षर गरेका थिए ।

    ट्रम्पद्वारा हङ्‌कङ आन्दोलनको समर्थन गर्ने कानुनमा गरेको हस्ताक्षरले हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार र आन्दोलनकारीलाई ठूलो सफलता मनिएको छ ।

    ट्रम्मको उद्देश्य चीनसँग व्यापार सम्झौता गर्न चाहेको र दुई देशबीचको व्यापार युद्ध थामियोस् भन्ने रहेको चीनको विश्लेषण छ ।

    हङ्‌कङका सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आगो लगाउने, निर्दोष मानिसलाई कुटपिट गर्ने एवम् कानुनी शासन र सामाजिक व्यवस्थामा खलल पार्न खोज्ने हिंस्रक अपराधीहरूलाई खुला रूपमा समर्थन गरिरहेको आरोप अमेरिकामाथि चीनको  छ ।

    विश्वका सबैभन्दा शक्तिशाली दुई मुलुकबीच चर्किएको पछिल्लो तनावले ती दुईबीच जारी व्यापार युद्ध रोक्न जारी वार्तामा पनि असर पर्न सक्ने औल्याइएको छ ।

    यसैबीच हङ्‌कङमा जारी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम र वाण प्रहार गरेपछि दोहोरो भिडन्त जारी छ । एजेन्सी


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार