अमेरिकामा हेलिकप्टर दुर्घटना तीन व्यक्तिको मृत्यु
अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो ।
एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ ।
सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस