अमेरिकामा हेलिकप्टर दुर्घटना तीन व्यक्तिको मृत्यु

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो ।
एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ ।
सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस