छोरीसँग छुट्टी मनाउन गएकी एक महिलामाथी सामुहिक बलात्कार
छोरीसँग छुट्टी मनाउन गएकी एक महिलालाई सामुहिक बलात्कारमा परेकी छन् । उनीमाथि ५ जनाले बलात्कार गरेर बलात्कारको भिडियो बनाई वाट्सएपको ग्रुपमा पनि सेयर गरेका छन् । यो घटना इटलीको चर्चित शहर सोरेन्टोको हो । अदालतमा चलिरहेको सुनुवाईपछि यो घटना बाहिर आएको हो ।
बेलायतको केन्टमा बस्ने ५० वर्षीया महिलामाथि सामुहिक बलात्कारको घटना उनी त्यो होटलमा बस्ने) छुट्टीको अन्तिम दिन भएको थियो । बलात्कारको आरोपीहरु महिला बसेकै होटलमा काम गर्ने कर्मचारी र पूर्वकर्मचारी भएको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् । अरोपीहरुले होटलमा महिलालाई पेयपदार्थ लैजाँदा नशालु पदार्थ मिसाएर लगेका थिए ।
पतिको मृत्यु भएको केहीसमय पछि उनी आफ्नी छोरीको साथमा इटाली घुम्न गएकी थिइन् । एक अभियोजकले पाँच आरोपीहरुविरुद्ध ९–९ वर्षको जेल सजाँयको माग गरेका छन् । यस्ता घटनाका आरोपीहरुको सजाय एक उदाहरण हुनेगरी दिनुपर्ने तर्क अभियोजक एन्टोनियो बार्बाले अदालतमा राखेका छन् । डिएनए रिपोर्टले पनि घटनामा आरोपीहरुको संलग्नता रहेको पुष्टि गरिसकेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस