दक्षिण कोरियाका चर्चित कलाकार चा आफ्नै घरमा मृत फेला
दक्षिण कोरियाका चर्चित कलाकार चा इन हा सोलस्थित आफ्नै घरमा मृत फेला परेका छन्।सत्ताइस वर्षीय कलाकार चाको प्रतिनिधित्व गर्ने संस्थाले एउटा विज्ञप्तिमा आफू उनको मृत्युबाट शोकाकुल भएको उल्लेख गर्दै उनको मृत्युको कारणबारे कुनै अनुमान नगर्न आग्रह गरेको छ।
उनले भर्खरै टेलिभिजन शृङ्खला लभ विथ फ्लजुमा अभिनय गर्न थालेका थिए।दुई महिनाको अवधिमा मृत्यु हुने उनी तेस्रा दक्षिण कोरियाली कलाकार हुन्।
मनोरञ्जनको क्षेत्रमा काम गर्ने फ्यान्टिएगो नामक एजेन्सीले स्थापना गरेको सर्प्राइज यू अभिनय समूहका सदस्य थिए।सन् २०१७ मा सार्वजनिक भएको यू, डीप इन्साइड अफ मी उनको पहिलो नामक चलचित्र हो।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस