२३ वर्षीया बलात्कार पीडित महिलालाई अदालत जाँदै गर्दा आगो लगाइयाे
भारतमा एक २३ वर्षीया बलात्कार पीडित महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएका छन् ।
उत्तर प्रदेशमा दुई जनाले बलात्कार गरेको आरोपमा गत मार्च महिनामा उन मुद्दाको बहस सुन्न अदालत जाँदै गर्दा आगो लगादिएका हुन्।
आगोका कारण गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको बताइएको छ।
सो घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको एक वरिष्ठ प्रहरी अधिकृतले बताएका छन्।
पक्राउ गरिएकामध्ये एकजना केही महिना अगाडि भएको बलात्कारको अर्को घटनाका पनि आरोपित हुन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिलालाई रेल्वे स्टेशन जाँदै गर्दा आरोपितहरूले कुटपिट गरेका र नजिकैको खेतमा तानेर लगेका थिए।
उन्नाओ जिल्लामा भएको सो घटनाको भारतभरि विरोध भइरहेको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस