२३ वर्षीया बलात्कार पीडित महिलालाई अदालत जाँदै गर्दा आगो लगाइयाे

भारतमा एक २३ वर्षीया बलात्कार पीडित महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएका छन् ।
उत्तर प्रदेशमा दुई जनाले बलात्कार गरेको आरोपमा गत मार्च महिनामा उन मुद्दाको बहस सुन्न अदालत जाँदै गर्दा आगो लगादिएका हुन्।
आगोका कारण गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको बताइएको छ।
सो घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको एक वरिष्ठ प्रहरी अधिकृतले बताएका छन्।
पक्राउ गरिएकामध्ये एकजना केही महिना अगाडि भएको बलात्कारको अर्को घटनाका पनि आरोपित हुन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिलालाई रेल्वे स्टेशन जाँदै गर्दा आरोपितहरूले कुटपिट गरेका र नजिकैको खेतमा तानेर लगेका थिए।
उन्नाओ जिल्लामा भएको सो घटनाको भारतभरि विरोध भइरहेको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस