• जीवनशैली | Jiwanshaili
  • ३८ जना सवार चिलियन विमान बेपत्ता


    अन्टाक्र्टिकातर्फ उडेको ३८ जना सवार चिलियन एयरफोर्सको कार्गो विमान सोमबार बेपत्ता बनेको छ ।

    हर्कुलस सी१३० विमान चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा उडेको थियो । उडान भरेपछि करिब ६ बजे विमानसँग सम्पर्क विच्छेद भएको रोयटर्सले जनाएको छ ।

    विमानमा कूल ३८ जना सवार रहेको जसमध्ये १७ जना चालक दलका सदस्य रहेको चिलीको वायुसेनाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

    सम्पर्क विच्छेद भएसँगै विमानको खोजीमा उद्धार दल परिचालन गरिएको छ ।

    विमानले एन्टाक्र्टिकामा रहेको चिलीको बेस मर्मतका लागि आवश्यक सामग्री ढुवानी गरिरहेको समाचारमा उल्लेख छ ।

    यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार