३८ जना सवार चिलियन विमान बेपत्ता
अन्टाक्र्टिकातर्फ उडेको ३८ जना सवार चिलियन एयरफोर्सको कार्गो विमान सोमबार बेपत्ता बनेको छ ।
हर्कुलस सी१३० विमान चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा उडेको थियो । उडान भरेपछि करिब ६ बजे विमानसँग सम्पर्क विच्छेद भएको रोयटर्सले जनाएको छ ।
विमानमा कूल ३८ जना सवार रहेको जसमध्ये १७ जना चालक दलका सदस्य रहेको चिलीको वायुसेनाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
सम्पर्क विच्छेद भएसँगै विमानको खोजीमा उद्धार दल परिचालन गरिएको छ ।
विमानले एन्टाक्र्टिकामा रहेको चिलीको बेस मर्मतका लागि आवश्यक सामग्री ढुवानी गरिरहेको समाचारमा उल्लेख छ ।
यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस