तीन बच्चाकाे हत्या गरी एक व्यक्तिले गरे आत्महत्या

गरिबीमा बाँचिरहेको समय सँगै लगातार चार छोरीको जन्म भए पछि एक व्यक्तिले तीन बच्चाहरुलाई ईनारमा फ्याँकेर मारिदिएका छन् ।गुजरातको जुनागढ जिल्लामा गरिबी र लगातार चार छोरीहरुको जन्म भएपछि दुःखी हुँदै एक व्यक्तिले आफ्नो तीन बच्चाहरुलाई मारे पछि उनी आफैँले पनि आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार भेसाण तालुकाको खंभालिया गाउँमा ग्रामरक्षा दलको जवान रसिक देवाभाई सोलंकीले आफ्ना तीन छोरीहरु रिया (९ वर्ष), अञ्जली (७ वर्ष) र जल्पा (२ वर्ष)लाई गाउँकै एक ईनारमा फ्याँकिदिएका हुन् । उनीहरु तीनै जनाको ईनारमै मृत्यु भएको हो । उनले तीनजनालाई घुम्न घुमाउने बहानामा त्यहाँ लिएर गएका थिए । ईनारमा फ्याँक्नुअघि उनले छोरीहरुलाई मिठाई र फलफूल पनि खुवाएका थिए ।
छोरीहरु फ्याँकेपछि उनले विष किनेर खाएका थिए तर त्यसले कुनै पनि काम गर्ने नेदेखेपछि उनी झुण्डिएर ज्यान दिएका थिए । उनकी पत्नि अहिले माइतीमा छन् । उनले अर्को एक छोरीको पनि जन्म दिएका थिए । छोरा नभएको र गरिबीको कारण उनी पहिल्यैदेखि तनावमा थिए । ननावका कारण उनीहरुले यस्तो कदम उठाएको प्रहरीको अनुमान छ । प्रहरीले घटनाको विस्तृत अध्ययन गरिरहेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस