तीन बच्चाकाे हत्या गरी एक व्यक्तिले गरे आत्महत्या
गरिबीमा बाँचिरहेको समय सँगै लगातार चार छोरीको जन्म भए पछि एक व्यक्तिले तीन बच्चाहरुलाई ईनारमा फ्याँकेर मारिदिएका छन् ।गुजरातको जुनागढ जिल्लामा गरिबी र लगातार चार छोरीहरुको जन्म भएपछि दुःखी हुँदै एक व्यक्तिले आफ्नो तीन बच्चाहरुलाई मारे पछि उनी आफैँले पनि आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार भेसाण तालुकाको खंभालिया गाउँमा ग्रामरक्षा दलको जवान रसिक देवाभाई सोलंकीले आफ्ना तीन छोरीहरु रिया (९ वर्ष), अञ्जली (७ वर्ष) र जल्पा (२ वर्ष)लाई गाउँकै एक ईनारमा फ्याँकिदिएका हुन् । उनीहरु तीनै जनाको ईनारमै मृत्यु भएको हो । उनले तीनजनालाई घुम्न घुमाउने बहानामा त्यहाँ लिएर गएका थिए । ईनारमा फ्याँक्नुअघि उनले छोरीहरुलाई मिठाई र फलफूल पनि खुवाएका थिए ।
छोरीहरु फ्याँकेपछि उनले विष किनेर खाएका थिए तर त्यसले कुनै पनि काम गर्ने नेदेखेपछि उनी झुण्डिएर ज्यान दिएका थिए । उनकी पत्नि अहिले माइतीमा छन् । उनले अर्को एक छोरीको पनि जन्म दिएका थिए । छोरा नभएको र गरिबीको कारण उनी पहिल्यैदेखि तनावमा थिए । ननावका कारण उनीहरुले यस्तो कदम उठाएको प्रहरीको अनुमान छ । प्रहरीले घटनाको विस्तृत अध्ययन गरिरहेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस