नागरिकतासम्बन्धी नयाँ कानुन संशोधनको विरोध प्रदर्शनमा ९ काे ज्यान गयाे
भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशभर भएको प्रदर्शनका क्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ ।
योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २० ओटाभन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो । पहिलोपटक मोबाइल सेवा अवरुद्ध पारिएको छ ।
सयौं व्यक्तिलाई पक्राउ गरिएको छ ।
प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले गोलीसमेत चलाएको छ ।
सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो ।
नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् ।
भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ ।
अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ ।
मुस्लिमहरुलाई भने कानुनले विभेद गरेको प्रदर्शनकारीहरुको आरोप छ ।
आलोचकहरुले भने प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष हिन्दु राष्ट्रको मुद्दा लिएर चुनावमा विजयी भएपछि उत्साहित भएर यस्तो निर्णय गरेको टिप्पणी गरेका छन् ।
उनीहरुले भारतलाई हिन्दुराष्ट्रको रुपमा भारतको आकार बदल्न र आफ्नो आधारशीला कमजोर पार्न लागिपरेको बताएका छन् । (एजेन्सी)
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस