मोदीलाई ‘बहिरा र लाटा भनेपछि ट्वीटरमा ह्वात्तै घटे साढे चार लाख फलोअर
भारतमा भइरहेको नागरिकता कानुनको विरुद्धमा खुलेर विरोध गर्नेमा चलचित्र निर्माता तथा निर्देशक अनुराग कश्यप पनि एक हुन्। गएको शुक्रबार रातिदेखि लगातार केन्द्र सरकार प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध आक्रमक ट्वीट गरेका अनुरागले हिजो साँझ मोदीलाई मानवीय भावना भन्दा धेरै टाढा रहेको बताएका थिए, अत्यन्त तिखा शब्द प्रयोग गर्दै उनले ट्वीटमा लेखेका छन्, ‘हाम्रा प्रधान सेवक, हाम्रा प्रधानमन्त्री, जनताका प्रधान नोकर, नरेन्द्र मोदी बहिरा छन्, लाटा छन् र उनी मानवीय भावना भन्दा धेरै टाढा छन् । उनी मात्र एक नौटंकी हुन् जो भाषण दिन सक्छन् बाँकी केही पनि उनको बसमा छैन । उनी न केही देख्न सक्छन् न केही सुन्न सक्छन् । उनी अहिले नयाँ नयाँ झुट सिक्न व्यस्त छन् ।’
प्रधानमन्त्री मोदीलाई यति भनेपछि उनको ट्वीटरमा फलोअर घटेका छन्। अत्यन्त तिखो शब्द प्रयोग गर्दै ट्वीट लेखेका अनुरागलाई ट्वीटर प्रयोगकर्ताले अनफलो गरेको अनुरागले जानकारी दिएका छन्। उनका फलोअर ५ लाख २४ हजारबाट घटेर ७६ हजार पुगेका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस