नागरिकता आन्दोलनमा मृत्यु हुनेको संख्या २३ पुग्याे
भारतमा जारी देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
नागरिकतासम्बन्धी नयाँ कानुनी व्यवस्थाको विरोधमा केही दिनदेखि जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा हिजो मात्र ६ जनाको मृत्यु भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् ।
मुस्लिम विरोधी रहेको भनिएको नयाँ कानुनको विरोधमा मारिने अधिकांश युवा रहेको बताइएको छ ।
आन्दोलनका क्रममा भारतीय जनता पार्टीले शासन गरेका राज्यहरुमा बढी दमन भएकाले मारिनेहरुको संख्या बढेको बताइएको छ ।
भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको दलले सरकार चलाएको छ ।
प्रदर्शनकारीले दर्जनौ सरकारी सवारीसाधन र सार्वजनिक, निजी भवनहरुका तोडफोड गरेको बताइएको छ । अन्दोलनकारीले प्रहरी चौकीमासमेत आक्रमण गरेका छन् ।
सुरक्षाकर्मीले इन्टरनेट सेवा अझै बन्द गरेको छ भने प्रदर्शनका क्रममा सुरक्षाकर्मीको दमनका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् ।
करिब एक हजार प्रदशर्नकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । सरकारले थप हिंसा फैलाउन सहयोग पुग्ने सामग्री प्रकाशन र प्रसारण गर्नसमेत सञ्चारमाध्यमहरुलाई रोक लगाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मुसलमानहरुलाई विभेद गरेर नागरिकता सम्बन्धी नयाँ कानुनी व्यवस्था गरेको आरोप लागेको छ । एजेन्सी
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस