जम्मु कास्मिरमा भएको गोलावारीमा ६ भारतिय सेनाको ज्यान गयाे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले हमला गर्न सक्ने भन्ने अभिब्यक्ति आउनसाथ जम्मुकास्मिरमा भएको गोलावारीमा ६ जना भारतिय सेनाको ज्यान गएको छ। लाइन अफ कन्ट्रोल लमा भारतीय सेनाले ठुलो क्षति भोगेको मिडिया रिपोर्टमा उल्लेख छ । पछिल्लो खबर अनुसार उक्त गोलाबारीमा ६ जना भारतीय सेनाको ज्यान गएको छ । भारतले गरेको सिंज फायरको प्रतिक्रिया स्वरुप पाकिस्तानले गरेको कारबाहीमा ६ जना भारतीय सेनाको ज्यान गएको हो । त्यस्तै भारततर्फ रहेका दुई वटा सैनिक पोस्ट पनि ध्वस्त भएको बताइएको छ ।
यसको जानकारी इन्टर सर्भिसेस पब्लिक रिलेशनले दिएको हो । पाकिस्तान आर्मीका डाइरेक्टर जनरलले ट्विटरमार्फत यसको जानकारी दिएका हुन् ।
शनिबार मध्यराति भएको उक्त सैन्य कारबाहीमा भारतीय सेनाले ठुलो क्षति भोगेको मिडिया रिपोर्टमा उल्लेख छ । भारतीय चेक पोस्टहरु ध्वस्त भएको र भारतका केही सेनाहरु घाइते भएको समेत बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस