भारतमा आगलागीमा परि तीन बालबालिकासहित ९ जनाको मृत्यु
भारतको राजधानी दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रमा एक कपडा गोदाममा आइतबार राती आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते रहेका छन् ।
दिल्लीको अग्निनियन्त्रक विभागका अनुसार आइतबार राती साढे १२ बजे आगलागीको सूचना आएको थियो । त्यसपछि आठवटा दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेको थियो । बिहान करिब ३ बजेर ५० मिनेट जाँदा आगोमाथि नियन्त्रण पाइएको थियो ।
आगलागी कसरी भयो भन्ने विषयमा जाँच भइरहेको छ । यद्यपि, एक अधिकारीका अनुसार गोदाम रहेको भवनको दोस्रो तल्लामा सिलिन्डर विस्फोट भएको थियो । जसले गर्दा भवनको केही हिस्सा खसेको थियो ।
आगलागीको समय मानिसहरु गोदाममा सुतिरहेका थिए । एउटा सानो गल्लीभित्र गोदाम भएका कारण अग्निनियन्त्रकहरुलाई आगलागी नियन्त्रण गर्न समस्या भएको थियो ।
यसअघि, गत ८ डिसेम्बरमा दिल्लीको अनाज मन्डी रहेको फ्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो । मृत्तकमध्ये २५ जना बिहारका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस