सोमालियामा कार बम बिस्फोट कम्तिमा ६१ जनाको मृत्यु
सोमालियामा कार बम बिस्फोटमा परी कम्तिमा ५ दर्जन ब्यक्तिको मृत्यु भएको छ ।राजधानी मोगादिसुको ब्यस्त सडक चोकमा रहेको चेकपोस्टमा गराइएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या अहिलेसम्म ६१ पुगेको छ ।बिस्फोटका क्रममा कयौं सर्वसाधारण सडकमा रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।सोमालियाका एक जना सांसद मोहम्मद अब्दिरिजाकले ९० जना भन्दा बढीको मृत्यु भएको दावी गरेका छन् ।
बिस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । तर अलकायदा समर्थित शबाबले नै यो विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।दश वर्षदेखि सशस्त्र विद्रोह गर्दै आएको अल शबावले यस अघि पनि यस्तै विष्फोटहरु गराउँदै आएको छ ।सन् २०११ मा राजधानी मोगादिसुबाट लखेटिए पनि अल शबावको प्रभावि सोमालियका अन्य क्षेत्रमा ब्याप्त छ ।९एजेन्सी०
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस