सोमालियामा कार बम बिस्फोट कम्तिमा ६१ जनाको मृत्यु

सोमालियामा कार बम बिस्फोटमा परी कम्तिमा ५ दर्जन ब्यक्तिको मृत्यु भएको छ ।राजधानी मोगादिसुको ब्यस्त सडक चोकमा रहेको चेकपोस्टमा गराइएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या अहिलेसम्म ६१ पुगेको छ ।बिस्फोटका क्रममा कयौं सर्वसाधारण सडकमा रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।सोमालियाका एक जना सांसद मोहम्मद अब्दिरिजाकले ९० जना भन्दा बढीको मृत्यु भएको दावी गरेका छन् ।
बिस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । तर अलकायदा समर्थित शबाबले नै यो विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।दश वर्षदेखि सशस्त्र विद्रोह गर्दै आएको अल शबावले यस अघि पनि यस्तै विष्फोटहरु गराउँदै आएको छ ।सन् २०११ मा राजधानी मोगादिसुबाट लखेटिए पनि अल शबावको प्रभावि सोमालियका अन्य क्षेत्रमा ब्याप्त छ ।९एजेन्सी०
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस