इजिप्टमा सवारी दुर्घटना, २८ जनाको मृत्यु

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।
एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
दुर्घटनाको कारण भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । ट्रकले मिनी बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।
मृतकहरुमध्ये दुई जना मलेसियन महिला र एक भारतीय नागसिरक पनि रहेको बताइएको छ । इजिप्टमा हरेक वर्ष सवारी दुर्घटनामा परेर कयौ सर्वसाधारणको मृत्यु हुने गरेको छ ।
सन् २०१८ मा मात्र आठ हजार भन्दा बढीको सवारी साधन दुर्घटनामा परेर मृत्यु भएको थियो । अघिल्लो वर्ष एघार हजारले दुर्घटनामा ज्यान गुमाएका थिए । एजेन्सी ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस