इजिप्टमा सवारी दुर्घटना, २८ जनाको मृत्यु
इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।
एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
दुर्घटनाको कारण भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । ट्रकले मिनी बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।
मृतकहरुमध्ये दुई जना मलेसियन महिला र एक भारतीय नागसिरक पनि रहेको बताइएको छ । इजिप्टमा हरेक वर्ष सवारी दुर्घटनामा परेर कयौ सर्वसाधारणको मृत्यु हुने गरेको छ ।
सन् २०१८ मा मात्र आठ हजार भन्दा बढीको सवारी साधन दुर्घटनामा परेर मृत्यु भएको थियो । अघिल्लो वर्ष एघार हजारले दुर्घटनामा ज्यान गुमाएका थिए । एजेन्सी ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस