रेडियो पाकिस्तानको प्रत्यक्ष प्रसारणमा फेसबुकको रोक
‘काश्मिरमा भारतीय अत्याचारहरू’ भनेर हाइलाइट गरी फेसबुकमा साचार पोष्ट गरेपछि फेसबुकले पाकिस्तान प्रसारण कर्पोरेशन (पीबीसी)को समाचार बुलेटिनहरूको प्रत्यक्ष प्रसारण रोकिदिएको छ ।
आफ्ना खबरहरुको लाइभ स्ट्रिमिङ फेसबुकले रोकेको रेडियो पाकिस्तानले पुष्टि गरेको छ । उक्त समाचार कभरेजमा ‘आईओकेमा निरन्तर हिंसा, कर्फ्यू र सैन्य तालाबन्दी’ रहेको विषयमा समाग्री प्रस्तुत गरिएको थियो ।
यस अघि गत मे र जुलाईको महिनामा रेडियो पाकिस्तानका पोष्टहरु समुदायको मापडण्ड विरुद्ध रहेको भन्दै फेसबुकले चेतावनी दिएको थियो । ‘पोष्ट समुदाय मापदण्डको बिरूद्ध छ।’ भनि फेसबुकले दिएको चेतावनी रेडियो पाकिस्तानले आफ्नाे वेभसाइटमा स्क्रिन सटहरु सहित सार्वजनिक गरेको थियो ।

रेडियोको फेसबुक वालमा कश्मीरी स्वतन्त्रताका पक्षधर नेता बुरहान मुजफ्फर वाणीको तस्वीर राखिएपछि फेसबुकले पोस्टमा चेतावनी दिइएको थियो । अर्को एउटा ‘मुजाहिद कमान्डर जाकिर मुसा’ उल्लेख गरिएको फोटोसहितको पोष्टमा पनि फेसबुकले चेतावनी जारी गरेको थियो ।
पीबीसीको इन्टरनेटमार्फत रेडियो पाकिस्तान सुन्न चाहने श्रोताहरुकालागि यूट्यूबमा वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।
भारत प्रशासित कश्मिरमा विगत १ सय ५० दिनदेखि निशेधाज्ञा जारी छ । भारतीय सरकारले कश्मिरलाई भारतीय संविधानले दिएको विशेष अधिकारसहितको धारा ३७० खारेज गरेपछि असन्तुष्टि स्वरुप आन्दोलन हुने डरले सरकारले निशेधाज्ञा लगाएको थियो । कश्मिरका अधिकांश राजनीतिक नेता विगत १ सय ५० दिनदेखि नजरबन्धमा छन् । कश्मिरमा त्यहाँका बहुसंख्यक मुसलमान जातिमाथि भारतीय सरकारले अत्याचार गरेको भन्दै पाकिस्तानले आवाज उठाउँदै आएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस