यसरी हुनेछ ‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम
अंग्रेजी नयाँ वर्षको दिन आज बुधबार नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन हुँदैछ । नेपाल दशरथ रंगशालामा हुने उद्घाटन समारोह शुरु हुनु अगाडी राजधानीका विभिन्न ठाउँबाट र्याली निकालिँदै छ ।
‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ । उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने चगानबाट सुरु हुनेछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठमेलबाट र्याली निस्केर रंगशालासम्म जाने हुँदा थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सवारीसाधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरेको छ ।
उद्घाटन समारोहमा जाने सर्वसाधारणका लागि काठमाडौं मलअगाडि टुँडिखेलमा पार्किङस्थल तोकिएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।
रंगशालामा चार बजेभित्र सबै पाहुना उपस्थित हुने छन् । उनीहरुको स्वागत सेलिब्रिटीहरूबाट गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।
राष्ट्रगान सकिएलगत्तै बाजासहित रंगशालामा भिजिट नेपाल २०२०को मानव साङ्लो बनाइनेछ । पौने पाँच बजे कुटुम्बको संगीतमा विभिन्न संघसंस्थाले परेड गर्ने मन्त्रालयले जनाएको छ । कार्यक्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । त्यसै गरी राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को औपचारिक उद्घाटन गर्नेछिन् ।
साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष उद्घाटनमा मन्तव्य राख्नेछन् । पौने ६ बजेतिर भ्रमण वर्षको ‘यती मस्कट’को लन्चसँगै विभिन्न सांस्कृतिक कार्यक्रम पौने ८ बजेसम्म चल्ने उद्घाटन तालिकामा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस